समाचार

घुस रकमसहित जिल्ला अदातल रुपन्देहीका २ जना पक्राउ

ciaa akhtiyar nepal

९ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाको नाप जाँचसम्बन्धी काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको अभियोगमा जिल्ला अदालत रुपन्देहीका दुई कर्मचारीलाई पक्राउ गरेको छ ।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार जिल्ला अदालतमा परेको जग्गासम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिने भन्दै नापी निरीक्षकद्वय सुमित चौलागाइँ र मनोज थापा सेवाग्राहीसँग रु पाँच हजार घुस माग्दा माग्दै आज पक्राउ परेका थिए । आयोगले उनीहरुलाई जिल्लाको कोटहीमाई गाँउपालिका–१ बोगडियाबाट पक्राउ गरेको हो ।

आरोपीद्वयको अनुसन्धान जारी रहेको आयोगले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस