समाचार

पठाओ नेपालद्वारा ग्राहक र राईडरहरुलाई बीमा प्रदान गर्न साझेदारी पत्रमा हस्ताक्षर

pathao insurance

९ माघ, काठमाडौं । पठाओ नेपाल प्रालि राईड शेयरिंग तथा फुड डेलिभरी एपले ग्राहकहरु र राईडर र चालकहरुलाई बीमा सुविधा प्रदान गर्न एभरेष्ट इन्स्योरेन्स कम्पनी लि सँग पौष ८, २०७७ मा साझेदारी पत्रमा हस्ताक्षर गरेको छ ।

उक्त साझेदारी अन्तर्गत राईडको दौरान कुनै पनि ग्राहक तथा राईडररचालकहरुको दुर्घटनाका कारणले हुने मृत्यु, अपाङ्गता जस्तो अवस्थामा बढीमा रु ५ लाखसम्मको बीमा रकम प्राप्त गर्नेछन् ।

यसको साथै कुनै पनि ग्राहक तथा राइडर/चालक साथीहरुले रु. १ लाख सम्मको दुर्घटना उपचार बीमा पनि पाउँनेछन् । यी दुवै सेवाहरु उपयोग गर्नका लागि सम्बन्धित व्यक्तिले दुर्घटना भए पश्चात ३० दिनभित्र बीमा कम्पनीको नियमानुसार तोकिएको कागजातहरु सहित निवेदन गर्नु पर्दछ । पठाओ एप प्रयोग गर्ने कुनै पनि ग्राहक तथा राइडर/चालक साथीहरुले यो सुविधा लिन सक्नेछन् ।

पठाओ नेपालका क्षेत्रिय निर्देशक असिममान सिंह बस्न्यातले भने, ‘हामी विगत २ वर्षदेखि हाम्रा ग्राहकहरु तथा राइडर÷चालक साथीहरुको सुरक्षा सुनिश्चित गर्नका लागि बीमा सुविधा प्रदान गर्न निरन्तर लागि परेका छौं ।

यसको अनुरुप हामीले एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग साझेदारी पत्रमा हस्ताक्षर गरेका छौं । अब हाम्रा ग्राहकहरु तथा राइडर/चालक साथीहरु विस्वस्त हुन सक्छन् ।  पठाओ ग्राहक तथा राइडर/चालक साथीहरुको सुरक्षाप्रति दृढ छ । हामी प्रत्येक दिन हजारौंलाई रोजगारीको अवसर प्रदान गर्न पाउँदा निकै गर्वान्भित महसुस गर्दछौं ।

हालसम्म, हामीले ७५ हजार भन्दा बढी राईडरहरुलाई ट्रेनिङ दिइसकेका छौं र १३ लाखभन्दा बढी ग्राहकहरुले पठाओ एप डाउनलोड गरिसकेका छन् ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस