९ माघ, काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले माघ ७ गतेबाट आफ्नो ३९औं एक्स्टेन्सन काउन्टर दोलखा चरिकोट स्थित जिल्ला प्रशासन कार्यालयको परिसरबाट सुरु गरेको छ । उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले गरे ।
उक्त अबसरमा उनले बैंकको यस एक्स्टेन्सन काउन्टरबाट राहदानी लिन जिल्ला प्रशासान कार्यालयमा आउने, मालपोत एवं नापी कार्यालय, भीमेश्वर नगरपालिका कार्यालय लगायतमा आउने सेवाग्राहीले अझ छिटोछरितो सेवा पाउने बिश्वास ब्यक्त गर्दै बैंकले प्रदान गर्दै आइरहेका सेवा सुविधामा अझै समसामयिक सुधार गर्न सुझाव समेत दिए ।
उक्त अवसरमा बैंकको चरिकोट शाखाका शाखा प्रबन्धक सुरेन्द्र श्रेष्ठले जनताको सेवाको लागी यो एक्स्टेन्सन काउन्टरको सुरुवात गरेको र आधुनिक प्रबिधि समेतको प्रयोग गर्दै सेवाग्राहीलाई छिटोछरितो सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरे । सुरुमा राजश्व संकलनको मात्रै काम हुने भएतापनि विस्तारै सबै सेवा बिस्तार गर्दै लगिने जानकारी समेत दिए ।