अर्थनीति

नागरिक स्टक डिलर कम्पनीलाई धितोपत्र व्यापारीको कार्य संचालन गर्न अनुमति

stock dealer

९ माघ, काठमाडौं । नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनीले धितोपत्र व्यापारीको कार्य गर्न बोर्ड समक्ष निवेदन दिएकोमा उक्त कम्पनीले धितोपत्र व्यापारीको कार्य संचालन गर्न अनुमति पाएको छ ।

बोर्डले नेपालको पुँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशलाई प्रोत्साहन गर्न २०७४ सालदेखि लागू हुनेगरी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ संशोधन गरेको थियो । संशोधनमा बोर्डबाट अनुमति लिएर धितोपत्र व्यापारीको रूपमा काम गर्न सक्ने व्यवस्था गरिएको थियो । सोही, व्यवस्थालाई आधार मान्दै उक्त कम्पनीले बोर्डमा निवेदन दिएको थियो ।

साथै, नेपाल सरकारको बजेट वक्तव्यमासमेत पुँजीबजारमा संस्थागत लगानी अभिवृद्धि गर्न स्टक डिलरको काम सञ्चालनमा ल्याउने व्यवस्था उल्लेख भएको छ । नेपालको पुँजी बजारमा हाल स-साना लगानीकर्ताको बाहुल्यता छ । अहिलेसम्म बजारमा ठूलो लगानीकर्ताको संख्या न्यून छ। यस्तो अवस्थामा डिलरको प्रवेश भएको हो ।

कम्पनीले बजारको अध्ययन तथा अनुसन्धानमार्फत् हुने लगानीसम्बन्धी सुझबुझपूर्ण क्रियाकलापबाट पुँजी बजारमा गतिशीलता आउने र बजारको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बोर्डको विश्वास छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस