
१० माघ, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
अहिले सुदुर-पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ भने तराइका क्षेत्रहरुमा हुस्सु लागेको छ ।
देशको उच्च हिमाली भु-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही स्थानहरुमा बिहानीपख हुस्सु/कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
महाशाखाका अनुसार आज दिउँसो सुदुर-पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम प्रदेशको पहाडी भूभागका एक /दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।
त्यस्तै, राती सुदुर-पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागका एक /दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।