समाचार

ओलीलाई हिटलर बन्नबाट रोक्न सशक्त जनआन्दोलन आवश्यकः डा भट्टराई

Baburam Bhattarai

१० माघ, काठमाडौं । जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई हिटलर बन्नबाट रोक्न सशक्त जनआन्दोलन एकमात्र विकल्प भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीमा तानासाही शासक बन्ने महत्वाकांक्षाका कारण राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग लगायतका संयन्त्र आफु मातहत ल्याएको भन्दै भट्टराइले प्रधानमन्त्री ओलीलाई हिटलर बन्नबाट रोक्न ससक्त जनआन्दोलन एकमात्र विकल्प भएको बताएका हुन् ।

संविधान र लोकतन्त्रमाथि प्रहार गरेर मूलूकमा ठूलो दुर्घटना निम्त्याइएको भन्दै उनले आन्दोलनबाट प्राप्त उपलव्धि रक्षाका लागि संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरु एकजुट भएर ससक्त आन्दोलनमा जानुको विकल्प नभएको जनाए ।

प्रेस नेपालद्धारा शुक्रबार बुटवलमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष भट्टराईले अहिले एक्लाएक्लै आन्दोलनमा उत्रेका राजनितिक दलहरुले संयुक्त आन्दोलन गर्नुपर्नेमा जोड दिए । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस