समाचार

सिरहामा प्रेसर कुकर बम फेला

Bomb army

१० माघ, सिरहा । सिरहाको मिर्चैया नगरपालिका ५ जिबाखोलाको पुलमा प्रेसरकुकर बम फेला परेको छ ।

शनिबार बिहान पुलमा प्रेसर कुकर बम भेटिएपछि डिस्पोजलका लागि चोहर्वास्थित श्री सेर गणबाट नेपाली सेनाको डिसपोजल टोली घटनास्थल तर्फ गइरहेको प्रहरीले जनाएको छ ।

बम कसले र के प्रायोजनको लागि लागि राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी सिरहाका प्रवक्ता डिएसपी सालिग्राम शर्माका अनुसार अहिले पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस