समाचार

दाङमा एक व्यक्तिको विभत्स हत्या, तीन जना पक्राउ

hatyara pakrau

१० माघ, दाङ । दाङमा प्रहरीले एक ब्यक्तिको हत्या गरेको आरोपमा ३ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरुमा राप्ती गाउँपालिका ६ निवासी ४८ बर्षीय मनिराम चौधरी, सोही ठाउँका ३८ बर्षीय धन बहादुर चौधरी र ३३ बर्षीय मोतिलाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनीहरुले बिहीबार दिउँसो करिब १२ बजेतिर सोहि ठाउँका ४० बर्षीय मोतिलाल चौधरीलाई दाउराको चिरपटले हानेर हत्या गरेको आरोपमा शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ परेकाहरुले पूर्व रिसिईवीका कारण मृतक चौधरीकै घर नजिकै मकै बारीमा लखटी–लखटी दाउराको चिरपटले टाउकोमा प्रहार गरी हत्या गरी कुलोमा फालेको अनुसन्धान गर्दै जादाँ खुल्न आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूमाथि ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ । उनीहरुले जिप्रका र इप्रका भालुवाङबाट खटिएको प्रहरीको टोलिले घटना घटेको २४ घण्टा भित्र पक्राउ गरेको समेत प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस