समाचार

जाँदा आकाशमा, आउँदा बाकसमा ! (तस्बिर)

Death body from Malaysia

१० माघ, काठमाडौं । नेपाल वायुसेवा निगमले मलेसियामा मृत्यु भएका १८ नेपालीको शव काठमाडौं ल्याइपुर्‍याएको छ। मलेसियास्थित नेपाली दूतावासको आग्रह अनुसार निगमको बाइडबडी–३३० ले १८ शव आज शनिबार ल्याएको हो ।

यसअघि मलेसियास्थित दूतावासले मलेसियामा मृत्यु भएका नेपालीको शव ल्याउन निगमलाई आग्रह गर्दै गरेको थियो । सोहीअनुसार परराष्ट्र र पर्यटन मन्त्रालयसँग सहकार्य गरेर निगमले शव ल्याएको हो । निगमको जहाजमा ल्याइएको शव आजै आफन्तलाई जिम्मा लगाइएको छ ।

शव लिनका लागि विमानस्थल पुगेका मृतकका आफन्तहरु निराश र भावविह्वल भएका थिए । देशमा पर्याप्त रोजगारी नपाएर अवसरको खोजीमै विदेश पुगेका कतिपय नेपालीको सुन्दर सपना अधुरै बनेको मात्रै छैन अकालमै ज्यान गुमाउन समेत विवश छन् । सरकारले देशभित्रै पर्याप्त रोजगारीको सिर्जना गर्दै श्रमको उचित मूल्य दिनसके बाकसमा लाश बनेर आउनुपर्ने नियतिको अन्त्य हुने थियो कि !

Death body from Malaysia 1 Death body from Malaysia Death body from Malaysia Death body from Malaysia Death body from Malaysia

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस