समाचार

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

covid 19 dead

१० माघ, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १ हजार ९९४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २ सय ३२ जना नयाँ संक्रमित थपिएका छन् । आज ३ सय ८६ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ६९ हजार १ सय ८० संक्रमित भएपनि २ लाख ६३ हजार ७ सय ३४ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ३ हजार ४ सय ५२ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस