विश्व/प्रवास

भारतमा खोप अभियान तीव्र, १३ लाखभन्दा धेरैले लगाए पहिलो डोज

corona vaccine in india

१० माघ, काठमाडौं । भारतमा कोरोना खोपलाई लिएर सुरुमा केही मानिसहरु दुविधामा परे । तर अहिले खोप लगाउने काम तीव्र रुपमा भइरहेको छ । १६ जनवरीबाट सुरु भएको खोप कार्यक्रमअन्तर्गत शनिबार बिहानसम्म १३ लाख ९० हजार मानिसले कोरोनाको पहिलो डोज लिइसकेको स्वास्थ मन्त्रालयले जनाएको छ ।

स्वास्थकर्मी र सर्वसाधारण जनतामा खोप लगाउने विषयमा देखिएको हिच्किचाहट तोड्नका लागि केन्द्र सरकारले पनि अभियान सुरु गरेको छ । यस अभियानअन्तर्गत भारत सरकारले खोपविरुद्ध सामाजिक सञ्जालमा आइरहेका जानकारीहरु हटाएको छ । भारतमा आपतकालिन प्रयोगका लागि दुई खोप (कोविशिल्ड र कोभ्याक्सिन)ले मान्यता पाएका छन् ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालय तथा एस्ट्रेजेनका कम्पनीले संयुक्त रुपमा विकास गरेको खोपलाई भारतमा सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ र यसैको नाम कोविशिल्ड हो । अर्को खोपको भ्याक्सिन भारतमै विकास भएको हो ।

भारत बायोटेकले यसलाई उत्पादन गरिरहेको छ । यी खोपहरुको विश्वस्वनियता र प्रभावकारीलाई लिएर अहिले जनतासमक्ष सचेतना फैलाउने काम पनि भारत सरकारले गरिहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस