समाचार

वडा कमिटीसम्म ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्छ : गोकुल बाँस्कोटा

gokul baskota

१० माघ, काभ्रे । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सङ्गठन विस्तार अभियानमा वडा कमिटीसम्म ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने बताएका छन् । उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोकको दुईदिने जिल्ला कमिटी बैठक एवं प्रशिक्षण कार्यक्रमलाई आज बनेपामा सम्बोधन गर्दै पार्टीको जिल्ला सचिवालयमा पनि ३३ प्रतिशत महिलाको अनिवार्य प्रतिनिधत्व गराइने दाबी गरे ।

“वडासम्मको पार्टी कमिटीमा अनिवार्य ३३ प्रतिशत महिलाको सहभागिता गर्नैपर्छ, त्यसमा पनि सक्षम महिलाको सहभागिता होस्”, नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले भने । उनले महिलाको नेतृत्व क्षमताको विकासमा पार्टीले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । उनले यसअघि पार्टी सञ्चालनका दौरान महिला सहभागिता ‘छुट्ने÷छुटाउने’ प्रवृत्तिको अन्त्य गर्न आग्रह गरे ।

बाँस्कोटाले हरेक कार्यक्रम, भेलामा पनि महिला सहभागितालाई सुनिश्चित गराउन सबैले आ–आफ्नो स्थानबाट पहल गर्नुपर्ने बताए । बाँस्कोटाले पछिल्लो समय नेकपाको केही नेताको राष्ट्रियता र सामाजवादभन्दा ‘पद–पद–पद’को कसरतले जनताको अभिमत चकनाचुर पारेको आरोप लगाए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस