समाचार

आजको मौसम पूर्वानुमानः वर्षा र हिमपात

clear weather

११ माघ, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

अहिले सुदुरपश्‍चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ । सुदुरपश्‍चिम र कर्णाली प्रदेशका हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात भएको छ । साथै तराइका जिल्लाहरुमा हुस्सु कुहिरो लागेको छ ।

देशको उच्च हिमाली भु-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही स्थानहरुमा बिहानीपख हुस्सु/कुहिरो समेत लाग्‍ने सम्भावना रहेकोले चिसोबाट बच्‍न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। सुदुर पश्चिम र प्रदेश न. १ को हिमाली भूभागका एक /दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यस्तै, राती देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस