फुटबल

बेन्जिमाको दुई गोलमा रियल मड्रिडको जित

realmadrid

११ माघ, काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले डिपोर्टिभो आल्भेजलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको यस जितमा करिम बेन्जमाले दुई गोल गरे भने इडेन हजार्ड र कासेमिरोले एक एक गोल गरेका थिए ।

त्यस्तै आल्भेजका लागि जोसेलुले एक गोल फर्काएका थिए । यो जितपछि रियल म्याड्रिडको १९ खेलमा ४० अंक भएको छ । लिगमा दोस्रो स्थानमा रहेको रियल म्याड्रिड एटलेटिको म्याड्रिड भन्दा ४ अंकले पछाडी रहेको छ तर एटलेटिको २ खेल कम खेलेको छ ।

त्यस्तै आल्भेजको भने २० खेलमा १८ अंक रहेको छ र लिगमा १७औ स्थानमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस