समाचार

जबरजस्ती करणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ

bharat bohara

११ माघ, रामेछाप । मन्थली नगरपालिका १० का वडाध्यक्ष भरत बोहोरा जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत ठिमीको टोलीले जिल्ला प्रहरी कार्यालय रामेछापसँगको समन्वयमा वडा अध्यक्ष बोहरालाई पक्राउ गरेको हो ।

बोहराबिरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको महानगरीय प्रहरी वृत ठिमीका डिएसपी ऋषिराम कँडेलले जानकारी दिए । रामेछापबाट पक्राउ गरेर उनलाई भक्तपुर ल्याइएको छ ।

बोहोरासँग पूर्वपरिचित महिलाले १० दिनअघि ठिमी स्थित डेरामा आफुलाई बलात्कार गरेको भन्दै उजुरी दिएकी छिन् । मदिरा सेवन गरेर बलात्कारको उजुरी परेपछि प्रहरी पीडितको डेरामा पुगेको थियो । रक्सीले मातेर उनले बलात्कार गरेको पीडितको दावी छ ।

अदालतबाट म्याद लिएर बोहरामाथि अनुसन्धान गरिने डिएसपी कँडेलले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *