समाचार

प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक बस्दै: ओलीलाई साधारण सदस्यबाटै निस्कासन गर्ने तयारी

nekapa meeting

११ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक आइतबार बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो साढे १२ बजे बैठक बोलाइएको  प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

श्रेष्‍ठका अनुसार शनिबार काठमाडौंमा शुक्रबार आयोजित विरोध सभाको समीक्षा र आन्दोलनका आगामी कार्यक्रमबारे छलफल गरिएको थियो। आइतबारको बैठकले थप एजेण्डासहित नयाँ कार्यक्रम तय गर्ने  छ ।

स्थायी कमिटी बैठकले ओली पक्षका प्रदेश पदाधिकारी हटाएर आफ्नो पक्षकालाई समायोजन गर्ने तयारी छ । सोही बैठकले प्रधानमन्त्री केपी ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।

यसअघि प्रचण्ड–माधव पक्षले केही दिन अगाडि तीन दिनको समय दिएर सोधेको स्पष्टीकरणपत्र बालुवाटार गेटमा बुझाएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस