समाचार

वीरगञ्जमा ११ वर्षीया बालिका बलात्कृत, भारतीय नागरिक पक्राउ

Rape

११ माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा एक बालिका बलात्कृत भएकी छन् । वीरगञ्ज-१ छपकैयामा ११ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।

बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले भारतीय नागरिक नेहाल मियाँलाई पक्राउ गरेको छ । उनलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोजित कुँवरले बताए। उनका अनुसार घटना गत शुक्रबार राति १० बजे भएको थियो ।

‘मिया र पीडितका बुवा साथी हुन् । उनीहरू भारतसँगको सीमा क्षेत्रमा डेरा गरी बस्छन्,’ डिएसपी कुँवरले भने,’शुक्रबार राति मिया पीडितको घरमा बस्न गएका थिए । राति कोही नभएको मौकामा बालिकामाथि बलात्कार गरे ।’

बालिका चिच्याएपछि मिया घटनास्थलबाट भागेका थिए । उनलाई प्रहरीले खोजतलास गरी पक्राउ गरेको हो ।

उनीमाथि प्रहरीले जबरजस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ । आइतबार उनलाई हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस