
११ माघ, काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले माघ २३ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३४ लाख ९६ हजार ४ सय कित्ता आइपीओ बिक्री खुला गर्नेछ ।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयलाइ बिक्री गरेर बाँकी रहेको सेयर थप गरेर सर्वसाधारणलाई बिक्री खुला गर्न लागेको हो ।
६९ हजार ९ सय २८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ३२ लाख ५१ हजार ६५२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
ग्रीनलाइफको आइपीओमा बीओके क्यपिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । यसमा माघ २७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमै सबै सेयर बिक्री नभएमा फागुन ७ गतेसम्म खुला रहनेछ ।
प्रतिक्रिया दिनुहोस