समाचार

सिन्धुलीमा श्रीमान्‌को बञ्चरो प्रहारबाट महिलाको मृत्यु

bead body tag

११ माघ, सिन्धुली । जिल्लाको हरिहरपुरगढी गाउँपालिका–१ चिसापानीमा श्रीमान्‌ले बन्चरो प्रहार गर्दा महिलाको मृत्यु भएको छ । चिसापानी बस्ने अन्दाजी ३६ वर्षीया रमामाया घलानलाई ४० वर्षीय शेरबहादुर भुजेलले बन्चरोले हिर्काउँदा रमामायाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी श्यामबहादुर खत्रीले दिएको जानकारीअनुसार गएराति शेरबहादुरले रमामायालाई बन्चरोको पासोले टाउकोमा हिर्काएका थिए ।

श्रीमान्‌को कुटाइबाट गम्भीर घाइते भएकी रमामायालाई उपचारका लागि जिल्ला अस्पताल हेटौँडा मकवानपुर लगिएको थियो । उनको उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बन्चरो प्रहार गर्ने भुजेल घटनापछि फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस