बैँक / वित्त

नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सको एकिकृत कारोबार आजबाट

nibl with city express

११ माघ, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र सिटी एक्सप्रेस फाइनान्स लिमिटेडको आज एकीकृत कारोबार आजदेखि सुरु हुँदैछ ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न मंसिर १९ गते, आइतबार अन्तिम स्वीकृति प्रदान गरेको थियो । दुवै कम्पनीको असोज २८ गते, बुधबार सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयले पनि पुस ३ गते स्वीकृती प्रदान गरिसकेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई १००:३० कित्ताको अनुपातमा गाभ्न थालेको हो । यसको मतलव सिटी एक्सप्रेसको १०० कित्ता शेयर हुनेले नेपाल इन्भेष्टमेन्ट बैंकको ३० कित्ता शेयर पाउनेछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस