११ माघ, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमले संविधानरूपी लोकमार्गमा ठूलो पहिरो ल्याएको बताएका छन् ।
उनले पहिलो मर्मत नगरी चुनावको गाडी कुदाउने रहले झन ठूलो दुर्घटना ल्याउने पनि बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो लेखेका हुन् ।
उनले भनेका छन् – ‘ओली प्रतिगमनले संविधानरूपी लोकमार्गमा ठूलो पहिरो ल्याएको छ।पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठुलो दुर्घटना ल्याउनेछ । २०१४सालमा संविधानसभाको निर्वाचन सट्टा महेन्द्रले जारी गरेको संविधान मानेर चुनावमा जाॅदा बिपीले खाएको धोका नबिर्सौं!२०१७पछिका तुलसी गिरी,केशरजंग नबनौं !’
प्रतिक्रिया दिनुहोस