समाचार

चोरी गरी ल्याएको ल्यापटप बिक्री गर्न खोज्ने २ जना पक्राउ

police arrest

११ माघ, झापा । चोरी गरी ल्याएको ल्यापटप बिक्री गर्न खोज्ने २ जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका–६ बुट्टाबारी बजार क्षेत्रमा चोरी गरी ल्याएको २ थान ल्यापटप बिक्री गर्न खोजेको अभियोगमा २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा दमक नगरपालिका-७ बस्ने ३० वर्षीय अजय मल्लिक र सोही ठाउँ बस्ने २० वर्षीय देव परियार रहेका छन् ।

उनीहरूले ल्यापटप बोकी सस्तो मूल्यमा बिक्री गर्न खोज्दै हिँडिरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले सोधपुछ तथा अनुसन्धानको क्रममा उक्त ल्यापटप दमक एरियाबाट चोरी गरी ल्याएको खुल्न आएपछि उनीहरूलाई पक्राउ गरेको जानकारी दिएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस