समाचार

दुईवटा किड्नी फेरेको प्रधानमन्त्री विश्वमै छैनन् : प्रधानमन्त्री ओली

pm oli

११ माघ, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर देशलाई बर्बाद बनायो भन्नेहरु देशविरोधी भएको आरोप लगाएका छन् । काठमाडौंमा अपांगता भएका व्यक्तिहरुको समस्या र सवाल विषयक अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

“म पनि अलिअलि अपांगता भएको व्यक्ति हुँ । अर्काको किड्नीको सहारा लिनुपरेको छ,” ओलीले भने, “अपांगता कमबेसी होला । अपांगता होइनौं भन्ने ठूला व्यक्तिहरु मानसिकरुपमा झन् बढी अपांगता भएका व्यक्ति छन् । दुईवटा किड्नी फेरेको प्रधानमन्त्री विश्वमै छैनन् होला ।” उनले संसद् विघटन भयो भनेर कराउनेहरु लोकतन्त्र र देशविरोधी मान्छे भएको आरोप पनि लगाए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस