समाचार

मुख्यमन्त्री राईले कसे लगनगाँठो

rai and sherpa

११ माघ, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आइतवार विवाह बन्धनमा बाँधिएका छन् । राईले मोडल ज्याङ्मु शेर्पासँग बिहे गरेका हुन् ।

मुख्यमन्त्री राईका प्रेस संयोजक ध्रुव सुवेदीले राजधानीमा राई र शेर्पा दुबै परम्पराअनुसार वैवाहिक कार्यक्रम सम्पन्न भएको जानकारी दिए । वैवाहिक कार्यक्रममा दुबैतर्फका निकटस्थको सहभागिता रहेको थियो ।

४९ वर्षीय राईले आफू भन्दा निकै कम उमेर भएकी शेर्पासँग बिहे गरेका हुन् । २० वर्षीया शेर्पा २०१८ की ‘मिस मंगोल नेपाल’ हुन् । उनीहरु केही समययता प्रेम सम्बन्ध रहेको बताइएको छ । राईले विहेको अवसरमा विराटनगरमा भोज दिने बताइएको छ ।

rai and sherparai and sherpa

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस