क्रिकेट

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमको सान्त्वना जित

sudurpaschim cricket

११ माघ, काठमाडौं । प्रतियोगिताबाट बाहिरिएको सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेटमा सान्त्वना जित निकालेको छ । आफ्नो अन्तिम खेलमा सुदूरपश्चिम विजयी भएको हो । आइतबार सुदूरपश्चिमले प्रदेश नम्बर–२ लाई ३ विकेटले हरायो ।

यसअघिका तीन खेलमा सुदूरपश्चिम पराजित भएको थियो ।र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा प्रदेश–२ ले दिएको १९६ रनको लक्ष्य सुदूरपश्चिमले ३३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमका लागि सन्जु धामीले अर्धशतकीय पारी खेले । ३५ बल खेलेका उनले ८ चौका र २ छक्काको सहयोगमा ५७ रन बनाए ।

त्यस्तै, खड्क बोहोराले ४३ रन बनाउँदा गजेन्द्र बोहोराले ३९ रनको योगदान गरे । बलिङतर्फ प्रदेश–२ का लागि कुमार थापाले सर्वाधिक तीन विकेट लिए । त्यस्तै हरिशंकर शाहले दुई विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश–२ ले ४२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १९५ रन बनाएको थियो । प्रदेश–२ का लागि हरिशंकर शाहले अर्धशतकीय पारी खेले । ७३ बल खेलेका उनले ९ चौकाको सहयोगमा ६० रन बनाए । त्यस्तै, विवेक यादवले ४१ रन बनाउँदा मोहवुब आलमले २३ रन जोडे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस