
११ माघ, काठमाडौं । काठमाडौं उपतयकामा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये भत्तपुरका ५ जना, ललितपुरका २५ जना र काठमाडौंका १०३ जना रहेका छन् ।
आइतबार देशभर २७० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको छ ।
यो अवधिमा ४०३ जना कोरोनामुक्त भएका छन् । योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६४ हजार १३७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस