
११ माघ, काठमाडौं । नेपालमा कोरोना संक्रमणको कारण थप ७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर थप ७ जनाको कारोना संक्रमणको कारण मृत्यु भएको हो । योसहित नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २ हजार एक पुगेको छ ।
त्यस्तै, आइतबार देशभर २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको छ भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६४ हजार १३७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस