समाचार

हुम्लामा माघ १५ देखि पठनपाठन हुने

school

११ माघ, हुम्ला । हुम्लाका दुई गाउँपालिकाका ६० विद्यालयमा यही माघ १५ गतेदेखि पठनपाठन शुरु हुने भएको छ । कोरोना सङ्क्रमणको त्रास कम भएको भन्दै सुरक्षा सावधानी अपनाएर गाउँपालिका शिक्षा समितिबाट निर्णय गरेर विद्यालयमा पठनपाठन हुने भएको हो ।

कोरोना सङ्क्रमणका कारण बन्द रहेको सर्केगार्ड गाउँपालिकाका ३२ विद्यालयमा यही माघ १५ गतेदेखि पठनपाठन शुरु गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्यले बताए । सदरमुकाम सिमकोट गाउँपालिकाभित्रका विद्यालयमा पनि यही माघ १५ गतेदेखि पठनपाठन सुचारु गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिए ।

गाउँपालिका र विद्यालयका प्रधानाध्यापकबीचको बैठकले पठनपाठन शुरु गर्ने निर्णय गरेको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *