समाचार

सामूहिक बलात्कारको आरोपमा प्रहरीसहित २ जना पक्राउ

arrest

११ माघ, बुटवल । सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा रूपन्देही प्रहरीले ट्राफिक प्रहरीसहित दुई जनालाई पक्राउ गरेको छ ।

रूपन्देहीको कञ्चन गाउँपालिकामा डेढ महिनाअघि एक किशोरीलाई सामूहिक बलत्कार गरेको र एक किशोरीको नग्न तस्बिर सार्वजनिक गरेको आरोपमा प्रहरीले कपिलवस्तुका दुई जनालाई आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका घर भएका प्रहरी जवान विशाल शर्मा र सोही ठाउँका गुरुचरण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलले बताए ।

गत कात्तिक २३ गते कञ्चन गाउँपालिका–४ भैसाहीमा दुईजना दिदी बहिनीसँगै बसेको बेला एक जनामाथि सामूहिक बलात्कार र एकजनाको नग्न फोटो खिचेर सार्वजनिक गरेको भन्दै चारजना विरुद्ध उजुरी परेको थियो । पक्राउ परेका दुवैजनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस