समाचार

सभापति देउवाद्वारा वैद्यको निधनप्रति दुःख व्यक्त

Sher B Deuba

११ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको काठमाडौं जिल्ला कार्यसमितिका पूर्वउपसभापति दयानन्द वैद्यको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

वैद्यको यही माघ ८ गते त्रिपुरेश्वरस्थित आफ्नै निवासमा निधन भएका हो । सभापति देउवाले आज शोक सन्देशमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन ।

विसं १९९२ जेठ १३ गते जन्मिएका  वैद्यले २०१७ सालमा प्रजातन्त्र अपदस्त भएपछि अप्रजातान्त्रिक कदमको विरोधमा उत्रँदा पाँच वर्ष एक महिना कारागार जीवन व्यतित गरेका थिए ।

वैद्यले काँग्रेसको सङ्गठन निर्माण र नेपालका लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्दै सभापति देउवाले उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस