रोजगार

भारतीय बाटो हुँदै नेपालीलाई अवैधरुपमा कतार लगिदै

human trafficking

१२ माघ, काठमाडौं । नेपाल सरकारको अनुमतिबिना एजेन्टले कतारी प्रहरी सेवाका लागि नेपालीलाई अवैध रूपमा लैजाने गरेको पाइएको छ । नेपाल सरकारबाट श्रमस्वीकृति नपाएका उनीहरूलाई भारतीय बाटो हुँदै एजेन्टहरूले लैजाने गरेका छन् । कतारी प्रतिनिधिले म्यानपावर कम्पनीको मिलेमतोमा अन्तर्वार्ता लएरै त्यसबाट छनोट गरी लैजाने गरेका खुलेको हो ।

कतारी प्रतिनिधिले पहिलो चरणमा गत फागुनमै १ सय ७९ युवालाई वैधानिक तवरले लगेका थिए । तर दोस्रो चरणमा भने अवैधानिक तवरले ३ सय युवालाई कतार लैजान त्यहाँका प्रतिनिधिले अन्तर्वार्तासमेत लिएको थियो । वैदेशिक रोजगार विभागले भने यस घटनाप्रति नेपाललाई कतारले हेपेको बताएको छ ।

विभागका महानिर्देशक कुमार दाहालले भने, ‘नेपाली युवालाई कतारले धमाधम भारतीय बाटो हुँदै लगिरहेको भन्ने सूचना प्राप्त भएको छ यो सरासर गलत काम हो, कतारबाटै श्रम सम्झौता उल्लंघन भयो ।’ तर यसबारे विभागले भने त्यसरी कतार जानेहरूको धमाधम रेकर्ड राख्न थालेको पनि महानिर्देशक दाहालले बताए । आजको कान्तिपुर दैनिकमा यो समाचार छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस