
१२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यशैली सिकेको राजनीतिक विश्लेषक पीताम्बर शर्माले बताएका छन् ।
सिंगो नेपाली समाज नै लोकतन्त्रका लागि तयार थिएन कि भन्ने भन्ने प्रश्नमा शर्माले भने नेपालमा जुन प्रणाली ल्याउन यतिका समय खर्च गरियो त्यसमै दलहरू इमानदार नभएको उनले बताएका छन् ।
आजको कान्तिपुर दैनिकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे लिइएको अन्तर्वार्तामा उनले भने, ‘गणतन्त्र र संघीयताका जुन प्रणाली हामीले ल्यायौं, त्यसअनुसार दलहरुले व्यवहार गरेनन् । हामीले प्रणाली ल्यायौं तर त्यो प्रणाली चलाउने तिनै रहे । तिनको नियत त्यही रह्यो ।’
दुई तिहाइको प्रधानमन्त्रीले हास्यास्पद र दुस्साहस गरेको भन्दै उनले आफूले काम गर्न नसकेर प्रधानमन्त्रीले यस्तो कदम चालेका पनि बताए । साथै संसद विघटन कार्य प्रधामन्त्रीको असक्षमताको प्रमाण भएको पनि उनले बताएका छन् ।
प्रधानमन्त्रीले रेल पानीजहाज र राम मन्दिरको कुरा झिकेर विकासलाई प्राथमिकता र यसको अनुगमन र निरीक्षण कहिल्यै पनि नभएको आरोप लगाए । प्रधानमन्त्रीले खाली मलाई काम गर्न नदिएको भन्ने तर्क गरे पनि उनलाई कसले काम गर्न बाटो नरोकेको पनि उनले जिकिर गरे ।