विश्व/प्रवास

डोनाल्ड ट्रम्पविरुद्ध महाभियोगको प्रक्रिया सोमबारबाट सुरु हुने

Trump Corona

१२ माघ, काठमाडौं । भर्खरै सत्ता छाडेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध ८ फेब्रुअरीदेखि महाभियोगमाथि सुनुवाइ हुने भएको छ । यसबारे प्रक्रिया भने आजै अर्थात् सोमबारबाट सुरु हुने जनाइएको छ । संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टिटेटिभले महाभियोगको प्रतिलिपि माथिल्लो सिनेटमा पेस गर्नेछ ।

यसपछि, दुवै सदनले महाभियोगका लागि तयारी सुरु गर्दछ । अमेरिकी लोकतन्त्रको २ सय ३१ वर्षे इतिहासमा एकै राष्ट्रपतिलाई दोस्रो पटक महाभियोगको सामान गर्न लागेको यो पहिलो पटक हो । हाउस अफ रिप्रिजन्टटेटिभमा यसबारे प्रस्ताव पारित भइसकेको सदनका बहुमतप्राप्त नेता चक सुमरले यसबारे जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी इतिहासमा पहिलोपटक डेमोक्रयाटिक पार्टीका एन्ड्रयु जोनसनले महाभियोग प्रस्ताव सामना गरेका थिए । पछि १८६९ मा डेमोक्रेट पार्टीले चुनावमा हार बेहोरेपछि रिपब्लिकन पार्टीका उम्मेदवार जनरल युलिसिस एस ग्रान्ट राष्ट्रपति बनेका थिए ।

अमेरिकी संसदीय इतिहासमा हालसम्म तीन राष्ट्रपतिविरुद्ध संसदमा महाभियोग प्रस्तुत भएको छ । यसमा एन्ड्रयू जोनसन, बिल क्लिन्टन र डोनाल्ड ट्रम्प रहेका छन् । रिचर्ड निक्सनले भने महाभियोगबाट बच्न पहिले नै पदबाट राजीनामा दिएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस