१२ माघ, काठमाडौं । सारंगी संरक्षणका अभियन्ता एवं चर्चित गायक तथा शब्द संकलक धनबहादुर गायकको निधन भएको छ ।
छाती र फोक्सोमा समस्या देखिएपछि मनिपाल मेडिकल कलेज शिक्षण अस्पताल भर्ना भएका उनको आज बिहान उपचारका क्रममा निधन भएको हो । उनका यो दाजुको मिर्मिरे आँखा, बेली र चमेली, फूल माया नभुल लगायतका गीतहरु चर्चित छन् ।
पोखराको बाटुलेचौर निवासी गायक संगीत शिक्षक पनि रहेका थिए । सारंगीको संरक्षणका लागि गायकले गन्धर्व पाठशाला सञ्चालनमा ल्याएर संगीत सिक्न चाहनेलाई नि:शुल्क संगित सिकाउने कार्य गर्दै आएका थिए ।
उनकै सक्रियतामा बाटुले चौरमा ‘झलकमान गन्धर्व सारङ्गी पाठशाला’ खुलेको थियो ।
प्रतिक्रिया दिनुहोस