समाचार

बालुवाटारमा विरोध प्रदर्शनमा उत्रेका अधिकारकर्मी पहाडीसहित दुई दर्जन प्रदर्शनकारी पक्राउ (तस्बिर)

krishna pahadi pakrau

१२ माघ, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शनमा उत्रेका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहितका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले दुई दर्जन बढी प्रर्दशनकारीलाई नियन्त्रणमा लिएर भ्यानमा कोचेको छ ।

प्रतिनिधि सभा विघटन विरुद्ध उत्रेकाहरूले ‘ओलीतन्त्र मुर्दावाद’, प्रतिनिधि सभा विघटन फिर्ता गर, मानव अधिकारको सम्मान गर, प्रहरी दमन बन्द गर’ लगायतका नारा लगाएका थिए । निषेधित क्षेत्रमा विरोध प्रर्दशन गर्न लागेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

Human Right Protest 1 Human Right Protest 3 Human Right Protest 4 Human Right Protest

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस