समाचार

कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु

covid death body

१२ माघ, काठमाडौं । नेपालमा सोमबार कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।

स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार देशभर कोरोना संक्रमणको कारण थप १० जनाको मृत्यु भएको हो ।  योसहित नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २ हजार ११ पुगेको छ ।

त्यस्तै, गत २४ घण्टामा देशभर थप ३३९ जनामा संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६४ हजार ५३८ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस