समाचार

अमेरिकी राजदूत बेरी र प्रचण्डबीच भेटवार्ता

Prachanda Berry

१२ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदुत र्यान्डी बेरीले भेटवार्ता गरेका छन् । नेकपाको प्रचण्ड– माधव नेपाल समूहका अध्यक्ष प्रचण्डसँको भेटमा नयाँ अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको प्राथमिकता बारेमा कुराकानी भएको राजदूत र्‍यान्डी बेरी जानकारी दिए ।

सोमबार राजदूत बेरीले प्रचण्डको निवास खुमलटारमा पुगेर उनीसँग भेटवार्ता गरेका हुन् । राजदूत बेरीले भेटपछि ट्वीटरमा  लेखेका छन्, ‘नयाँ अमेरिकी राष्ट्रपति प्रशासनको प्राथमिकताहरु बारे छलफल गर्ने शृंखलाबद्ध भेटवार्ताका क्रममा मैले दाहाललाई भेटेको हुँ । मैले लोकतन्त्रलाई सुदृढ पार्ने, जलवायु परिवर्तनको विरुद्ध लड्ने र विश्वभर महिला र केटीहरुको अधिकारको उत्थान गर्ने अमेरिकी प्रतिबद्धता दोहोर्‍याएको छु ।’

अमेरिकी राष्ट्रपति बाइडेनले सपथ खाए लगतै राजदूत बेरीले माघ ८ गते बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । प्रचण्डसँगको भेटवार्तालाई पनि त्यसैको निरन्तरताका रुपमा भएको उल्लेख गरेका छन् । यस्तै प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटनको निर्णयपछि उत्पन्न राजनीतिमा अन्योलताबारे पनि कुराकानी भएको बुझिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *