
१२ माघ, काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले आफना ग्राहकहरुलाई क्यापिटलको विषयमा जानकारी प्रदान गर्नको लागि ‘प्रभु दाई’ अनलाइन सेवा शुरु गरेको छ ।
सो सेवामा क्यापिटलको लगानी व्यवस्थापन सेवा, अनलाइन डिम्याट खाता सम्बन्धी सेवा, क्यापिटलको प्रोडक्ट तथा सेवाहरुसम्बन्धी जानकारी, क्यापिटलबाट जारी हुने सुचनाको जानकारी ग्राहकहरुले सहज रुपमा पाउनुका साथै क्यापिटल मार्केटस सम्बन्धी अन्य सम्पूर्ण सूचनाहरु प्रदान गर्नेछ ।
साथै प्रभु क्यापिटलले ग्राहकहरुको सेवाको लागि सदैव तत्पर रही सूचना प्रविधिमैत्री बनाई ग्राहकहरुको सेवा समयमा नैं प्रदान गर्न समेत प्रतिवद्ध रहेको जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस