समाचार

धौवादीबाट ३५ प्रतिशत शुद्ध फलाम

phalam khani

१३ माघ, काठमाडौं । नवलपुरको धौवादी फलाम खानीबाट उत्पादन हुने भएको छ । त्यहाँ भएको कच्चा पदार्थबाट ३५ प्रतिशतसम्म शुद्ध फलाम प्राप्त गर्न सकिनेछ ।

फलामको उत्पादनबारे चीनमा भएको परीक्षणले त्यस खानीबाट उत्पादन भएको फलामबाट स्टिल उत्पादन गर्न सकिने प्रमाणित भएको खानी तथा भूभर्ग विभागले जनाएको छ । खानी तथा भूभर्ग विभागका महानिर्देशक रामप्रसाद घिमिरेले धौवादी फलाम खानीबाट उत्पादन हुने फलामबाट स्टिल उत्पादन गर्न सकिने प्रमाणित भएको जानकारी दिए । उनले भने, “चीनको छेन्दुस्थित सिचुवान इन्स्टिच्युट अफ जिओलोजी एन्ड मेटलर्जिकल एक्सप्लोरेसनमा भएको ‘मेटलर्जिकल’ परीक्षणले नवलपुरको धौवादी फलाम खानीबाट औद्योगिक रूपमा फलाम उत्पादन गर्न सकिने र ती फलामबाट स्टिलसमेत उत्पादन गर्न सकिने प्रमाणित भएको छ ।’’

“परीक्षण प्रतिवेदनअनुसार धौवादीमा पाइएको फलामको कच्चा पदार्थमा फलामको आधारभूत मात्रा ३५ प्रतिशत रहेको प्रमाणित भएको छ । त्यस मात्रामा रहेको फलामको कच्चा पदार्थलाई फलाम बनाउन त्यसलाई कम्तीमा ५६ प्रतिशतमा ‘अपग्रेड’ गर्नुपर्छ”, महानिर्देशक घिमिरेले भने । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस