
१३ माघ, काठमाडौं । आज २६ जवनरी अर्थात् भारतको ७२ औं गणतन्त्र दिवस । दिवसमा अवसरमा राजधानी दिल्लीको राजपथमा परेडको आयोजना गरिनेछ ।
विगतमा भव्य परेड आयोजना गर्ने गरिएकोमा कोरोनाका कारण यसपटक आकार घटाइएको छ । यस्तै, यसपटक २५ हजार मानिसमात्र सहभागी हुनेछन् भने १५ वर्षभन्दा कम उमेरका र ज्येष्ठ नागरिकलाई प्रवेश दिइएको छैन ।
गणतन्त्र दिवसको तयारी हुँदै गर्दा भारतभर सुरक्षा व्यवस्था कडा बनाइएको छ । यसअघि कुनै देशका राष्ट्रप्रमुखलाई प्रमुख अतिथिका रुपमा निम्त्याइने गरिएकोमा यसपटक कसैलाई पनि निम्त्याइएको छैन । कोरोनाका कारण कसैलाई पनि निम्तो नदिइएको बताइएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई बोलाइएकोमा कोरोना संक्रमण तीव्र भएपछि उनले भ्रमण स्थगित गरेका थिए ।
प्रतिक्रिया दिनुहोस