
१३ माघ, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको हो । यसैगरी तेजावी सुन तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै मंगलबार चाँदीको मूल्य भने सामान्य घटेको छ । अघिल्लो दिन तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा १२५५ रुपैयाँमा कारोबार भएको हो ।
प्रतिक्रिया दिनुहोस