समाचार

सहिद धर्मभक्त माथेमालाई श्रद्धाञ्जली अर्पण

dharmabhakta

१३ माघ, काठमाडौं । राणा शासनविरुद्धको संघर्षमा आफ्नो प्राणको आहुति दिने सहिद धर्मभक्त माथेमाको सालिकमा फूलमाला अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गरिएको छ ।

सहिद सप्ताहको अवसरमा मंगलबार काठमाडौंको सिफलमा रहेको माथेमाको सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गरिएको हो । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायतले श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

जहाँनिया राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापनाको निम्ति संर्घषरत माथेमा बि.सं. १९६६ आश्विन ९ गते काठमाडौँको ओमबहालमा जन्मिएका थिए । जनतालाई प्रजातन्त्र दिलाउने उद्देश्यसाथ वि.सं. १९९३ साल जेठमा नेपाल प्रजा परिषद् स्थापना गरी प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील उनलाई तत्कालिन श्री ३ जुद्ध शमशेरको हुकुमी शासनबाट बि.सं. १९९७ साल माघ १३ गते सिफलमा झुण्ड्याएर फाँसी दिइएको थियो । सहिद माथेमाको सम्झना र सम्मानमा हरेक वर्ष माघ १३ गते उनको शालिकमा माल्यापर्ण गरी श्रद्धाञ्जली अर्पण गर्ने गरिन्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस