
१३ माघ, काठमाडौं । नेप्से परिसूचकमा निरन्तरको वृद्धिमा ब्रेक लागेको छ । कारोबार भएको १४ दिनदेखि निरन्तर बढ्दै आएको परिसूचकमा मंगलबार घटेको हो । यो दिन सेयर बजार परिसूचक नेप्से १७.७९ अंकले घटेर २ हजार ४२३.०९ अंकमा बन्द भएको छ ।
आज ८ अर्ब २७ करोड ९७ लाख १ हजार ७७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यो दिन १२ वटा उपसूचक मध्ये होटल र फाइनान्स कम्पनी समूहबाहेक सबै समूहमा गिरावट आएको छ । सबैभन्दा बढी व्यापारमूलक क्षेत्रमा ३ प्रतिशत भन्दा बढी धेरैले घटेको छ ।
आज गुराँस लघुवित्त, प्राइम लाइफ इन्स्योरेन्स, युनाइटेड फाइनान्स र एभरेष्ट इन्स्योरेन्सको प्रोमोटर सेयरको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । बजार घटे पनि सबैभन्दा बढी मूल्य शिवश्री हाइड्रोपावरको मूल्य सर्वाधिक ४.९५ प्रतिशत मात्रैले घटेको छ । आज कारोबार भएका १ सय ७५ कम्पनीमध्ये ४० कम्पनीको मूल्य बढेको छ । १ सय २९ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।