बैँक / वित्त

कर्णाली डेभलपमेन्ट बैंक नेपाल क्लियरिङ्ग हाउसमा आवद्ध

Karnali Development Bank

१३ माघ, काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)सँग आवद्ध भएको छ ।

बैंक अन्तर्बैंक विद्युतिय भुक्तानी प्रणाली, कनेक्ट आईपीएस र कनेक्ट आरटीजीएस प्रणालीहरूका लागि एनसीएचएलसँग आवद्घ भएको हो । उक्त सम्झौता पत्रमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधान र कर्णाली डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार रावतले हस्ताक्षर गरे ।

एनसीएचएल आईपीएस प्रणालीमार्फत बैंकले ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता अन्तर्बैंक कारोबारहरु गर्न सक्छन् भने कनेक्ट आरटीजीएस प्रणालीमार्पmत ठूलो मूल्यका र तत्काल गरिने भुक्तानीहरू एनसीएचएलका सदस्य बैंक र वित्तीय संस्थाहरूमा गर्न सक्नेछन् । साथै बैंकका ग्राहकहरुले अब कनेक्ट आईपीएसको वेभ र मोबाइल एप प्रयोग गरी आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु पनि गर्न सक्नेछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *