समाचार

कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप तीन दिन विरोध कार्यक्रम गर्ने

congress met

१३ माघ, काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध थप तीन दिन विरोध कार्यक्रम गर्ने भएको छ । मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकले थप तीन दिन विरोधका कार्यक्रम गर्ने निर्णय गरेको हो ।

बैठकले माघ १९ गते भातृ संस्थाहरूले विरोध गर्ने, २४ गते शुभेच्छुक संस्थाको तर्फबाट र २७ गते ७७ वटै जिल्लामा विरोधका कार्यक्रम गर्ने निर्णय गरेको छ । पदाधिकारी बैठकको निर्णय केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुनेछ ।

अहिले केन्द्रीय कार्यसमिति बैठक पार्टी कार्यालय सानेपामा जारी छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *