समाचार

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार नाघ्यो

covid 19 bar

१३ माघ, काठमाडौं । नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

४ हजार ५७४ जनामा गरिएको परीक्षणमा मंगलबार देशभर ३०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९२ जना पुगेको छ ।

त्यस्तै, यो अवधिमा २८५ जना कोरोनामुक्त भएका छन् । योसहित देशभर हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ६४ हजार ८२३ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना निको हुनेको दर ९८.१ प्रतिशत रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस