
१३ माघ, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली पदको गरिमा राख्न असफल भएको निष्कर्ष निकालेको छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यलय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले अदालतमा विचाराधीन मुद्दालाई समेत तमासा भनेर ९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र पत्रकारकारमाथि गरेकाे अशोभनीय टिप्पणीले ओली प्रधानमन्त्री पदको गरिमा राख्न असफल भएको निष्कर्ष निकालेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस