समाचार

जुम्लाको गोठी गाउँमा भीषण आगलागी, २८ घर जलेर नष्ट

aaglagi

१३ माघ, सुर्खेत । जुम्लाको तिला गाउँपालिकाको पोख्री गाउँमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले आगलागीबाट २८ वटा घर जलेर नष्ट भएको बताएको छ ।

डिएसपी माधवप्रसाद काफ्लेका अनुसार अहिले पनि आगलागी नियन्त्रणमा आउन सकेको छैन । उनले भने, ‘आगलागी भएको जानकारी प्राप्त गर्नेबित्तिकै नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोली घटनास्थलतर्फ पठाइएको छ ।

प्रहरीका अनुसार तिला गाउँपालिकामा रहेको प्रहरी भने घटनास्थलतर्फ पुग्न लागेको छ । आगलागी भएको गाउँसम्म पुग्न जिल्ला सदरमुकामबाट गाडीमा ४५ मिनेटको दूरीमा गाउँपालिकाको केन्द्र र त्यहाँबाट हिँडेर ३ घण्टा लाग्ने ठाउँमा छ ।

काफ्लेका अनुसार कसरी आगलागी भयो र के कति धनमाल क्षति भयो भन्ने प्रस्ट हुन सकेको छैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस