
१४ माघ, बझाङ । खुँडा प्रहार गरि एक युवकको हत्या भएको छ । छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार गरि हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रुपक खड्काले बताए ।
सोही गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बन्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको निर्वाचन सकेर घर फर्किने क्रममा भएको विवादपछि खुँडा प्रहार गर्दा सिंहको ज्यान गएको उनले बताए ।
खुँडा प्रहार गर्ने मध्येका एक जना सोही गाउँपालिका वडा नम्बर २ का ज्ञानबहादुर कडायत पक्राउ परेका छन् भने खुँडा बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस