१४ माघ, काठमाडौं । वेष्ट ब्रोमिचलाई फराकिलो गोल अन्तरले हराउँदै म्यानचेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राती भएको खेलमा सिटीले वेष्ट ब्रोमिचलाई ५-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।
सिटीको जीतमा इल्के गुन्डोगानले दुई, जोआओ क्यान्सेलो, रियाद महारेज र राहिम स्टर्लिङले एक–एक गोल गरे । जीतसँगै सिटी यो सिजन पहिलोपटक शीर्ष स्थानमा पुगेको छ ।
लगातार सात जीत हासिल गरेपछि १९ खेलबाट सिटीको ४१ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको युनाइटेडको ४० अंक रहेको छ ।
प्रतिक्रिया दिनुहोस